प्रधानमन्त्री प्रचण्डले भने: बालकुमारी घटना गणतन्त्र विरोधीहरूको डिजाइन हुन सक्छ, टाउकोको पनि मूल्य तोकिँदै छ’ - Chaitanya News
  • 2026-11-16
  • 04:10:32
  • आइतबार,कार्तिक ३०, २०८३
  • प्रधानमन्त्री प्रचण्डले भने: बालकुमारी घटना गणतन्त्र विरोधीहरूको डिजाइन हुन सक्छ, टाउकोको पनि मूल्य तोकिँदै छ’

    प्रधानमन्त्री प्रचण्डले भने: बालकुमारी घटना गणतन्त्र विरोधीहरूको डिजाइन हुन सक्छ, टाउकोको पनि मूल्य तोकिँदै छ’

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइन हुन सक्ने बताएका छन्। आज(सोमबार) आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले प्रधानमन्त्री ‘प्रचण्ड’ले बालकुमारी घटना बाहिर देखिएजस्तो नभएको समेत बताए।

    ‘बालकुमारी घटनमा चिज देखिएकोजस्तो छैन त्यसभित्र अर्कै केही छ, थिङ्स आर नट ह्वाट दे सीम भनेको जस्तो छ,’ दाहालले भने, ‘चिज त्यस्तो छैन जस्तो देखिएको छ भन्ने मैले अनुभूत गरेको छु।’

    उनले घटना भएको दिन शुक्रबार आफू पूर्वनिर्धारित कार्यक्रममा दोलखामा रहेको र काठमाडौँ फर्किएलगत्तै घटनाबारे ब्रिफिङ लिइएको बताए। ब्रिफिङ लिँदा बाहिर देखिएजस्तो घटना नभएको आफूले अनुभूति गरेको ‘प्रचण्ड’को भनाइ थियो।

    ‘म यहाँ सबै कुरा भन्न चाहन्न दुई युवाको जसरी हत्या भएको छ, जसरी गाडी जलाउने काम गरिएको छ,’ प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘मसँग कुनै प्रमाण त छैन तर कतै लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइन त हैन भन्ने लागेको छ।’

    केही गम्भीर छ भन्ने लागेर नै सरकारले घटनाबारे अध्ययन गर्न उच्चस्तरीय न्यायिक आयोग बनाएको प्रधानमन्त्री प्रचण्डले बताए। उनले घटनाबारे मृतकका परिवारलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर छलफल गरिएको र उनीहरूको मागबारे सरकार सकारात्मक रहेको जानकारी पनि दिए।

    उनले मन्त्री, प्रधानमन्त्री र नेताहरूविरूद्ध गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै असन्तुष्टि जनाए। ‘गाडीमा रहेका मन्त्रीलाई नै जलाउन पर्थ्यो भन्ने भाष्य बनाउन खोजिएको छ। के भाष्य हो यो रु केपीजी, शेरबहादुर देउवाजी र मेरो टाउको जोडेर यी टाउको काटे २०र२० लाख दिने प्रचार गरिएको छ। के हो भाषा हो यो? प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘जनतालाई निराशा बाँड्ने अँध्यारो देखाउने अँध्यारो बाहेक केही छैन भन्ने भाष्य स्थापित गर्नेहरू राष्ट्रवादी हुन सक्दैन।’