स्वच्छ छवि भएका र कुनै अवसर नपाएकालाई राष्ट्रिय सभामा ल्याउने काँग्रेसको निर्णय - Chaitanya News
  • 2026-11-16
  • 04:33:59
  • आइतबार,कार्तिक ३०, २०८३
  • स्वच्छ छवि भएका र कुनै अवसर नपाएकालाई राष्ट्रिय सभामा ल्याउने काँग्रेसको निर्णय

    स्वच्छ छवि भएका र कुनै अवसर नपाएकालाई राष्ट्रिय सभामा ल्याउने काँग्रेसको निर्णय

    काठमाडौँ– नेपाली काँग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा यसपटक नयाँलाई अवसर दिने निर्णय गरेको छ।

    केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जातीय क्षेत्रीय र सन्तुलनलाई समेत ध्यान दिएर पार्टीमा योगदान पुर्‍याएका व्यक्तिलाई अवसर दिने बताए।

    उनले भने, पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान गर्न सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध र स्वच्छ छवि भएका हालसम्म कुनै अवसर नपाएका र विभिन्न कारणबाट अवसरबाट वञ्चित भएका योग्य तथा व्यक्ति अवसर दिन्छ।

    बैठकले राष्ट्रियसभामा गठबन्धन गरेर जाने पनि निर्णय गरेको बताए।