धरानका मेयर हर्क साम्पाङले हटाए कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर - Chaitanya News
  • 2026-11-16
  • 04:49:52
  • आइतबार,कार्तिक ३०, २०८३
  • धरानका मेयर हर्क साम्पाङले हटाए कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर

    धरानका मेयर हर्क साम्पाङले हटाए कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर

    काठमाडौँ– धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका छन्।

    उनले हिजो (बुधवार) सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै यसबारे पूर्व घोषणा गरेका थिए। त्यसैबमोजिम उनले आज राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउँदै किराँती राजा यलम्बरको फोटो टाँगेका छन्।

    उपमहानगरपालिकाका प्रवक्ता सूर्य बहादुर भट्टराईले नगर प्रमुखले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किराँती राजा यलम्बरको फोटो टाँगेको जानकारीमा आएको प्रतिक्रिया दिए। उनले भने, ‘कानुनको कार्यान्वयन गर्ने तहमा रहेको व्यक्तिले गरेको उक्त कार्य अराजकताको पराकाष्ठा हो। उहाँ राज्यको नागरिक पनि हो। उहाँले राज्यको कानुन मान्नु पर्छ।

    नगर प्रमुख साम्पङले हिजो सामाजिक सञ्जालमा लेखेका थिए, ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दै छु १ जुन दिन केन्द्रले धरानलाई महत्त्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु जय देश।’