‘प्रचण्ड’ नेतृत्वको सरकारले एक बर्षमा गरेका कामको प्रगति विवरण सार्वजनिक (पूर्णपाठसहीत) - Chaitanya News
  • 2026-11-16
  • 04:50:10
  • आइतबार,कार्तिक ३०, २०८३
  • ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक बर्षमा गरेका कामको प्रगति विवरण सार्वजनिक (पूर्णपाठसहीत)

    ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक बर्षमा गरेका कामको प्रगति विवरण सार्वजनिक (पूर्णपाठसहीत)

    काठमाडौँ– प्रधानमन्त्री एवम् नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारको प्रगति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री ‘प्रचण्ड’ले नेतृत्व सम्हालेको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३१ बुँदे ८८ पृष्ठ लामो कार्य प्रगति विवरण सार्वजनिक गरेको हो।

    ‘यस अवधिलाई राष्ट्रलाई राजनीतिक स्थायित्व प्रदान गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको दिशामा अघि बढाउन तथा नेपाली जनताको सुख र समुन्नतिका लागि सरकारले विभिन्न नीति तथा कार्यक्रमलाई उच्च प्राथमिकता र प्रतिबद्धता साथ कार्यान्वयनमा ल्याएको छ।’ प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको एक वर्षको अवधिमा सम्पन्न गरेका प्रमुख कार्यमा उल्लेख छ।

    सरकार गठन भएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकबाट देश र जनताको हितमा विभिन्न नीतिगत, कानूनी तथा संरचनागर सुधारका साथै सुशासन, सार्वजनिक सेवा प्रवाह लगायका क्षेत्रमा महत्त्वपूर्ण सुधारका निर्णय गरिएको दाबी गरिएको छ।