यस्तो छ एमाले सङ्कल्प यात्राको ३२ बुँदे समीक्षा (पूर्णपाठसहीत) - Chaitanya News
  • 2026-11-16
  • 05:04:04
  • आइतबार,कार्तिक ३०, २०८३
  • यस्तो छ एमाले सङ्कल्प यात्राको ३२ बुँदे समीक्षा (पूर्णपाठसहीत)

    यस्तो छ एमाले सङ्कल्प यात्राको ३२ बुँदे समीक्षा (पूर्णपाठसहीत)

    काठमाडौँ–  नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट(चिवाभञ्ज्याङ) समृद्धिका लागि सङ्कल्प यात्राको समीक्षा र समस्या औँल्याएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर यात्राको ३२ बुँदे निष्कर्ष निकालेका हुन्।

    जनता लोकतान्त्रिक गणतन्त्र र समाजवादका पक्षमा रहेको उल्लेख गर्दै ओलीले भने, ‘सामाजिक न्याय, राष्ट्रिय एकता र सामाजिक सद्भावका पक्षमा छन्। निश्चय नै, जनताका गुनासा पनि छन्, सुझावहरू पनि छन्। कतिपय सन्दर्भमा आलोचना पनि छन्। रचनात्मक र सही गुनासा, सुझाव र आलोचनाहरूलाई ग्रहण गर्दै हामी सङ्कल्प गर्दछौँ(हामी लोकतान्त्रिक गणतन्त्रका पक्षमा दृढतापूर्वक उभिने छौँ।

    अध्यक्ष ओलीले परिवर्तनलाई उल्ट्याउन, नेपाललाई मध्य युगतिर फर्काउन र जनताको अभिमतविनाको जन्मसिद्ध श्रेष्ठताको सामन्ती व्यवस्था पुनः स्थापना गर्ने प्रयासलाई कुनै पनि हालतमा सफल हुन नदिने बताए।

    लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ उन्नत स्तरको लोकतान्त्रिक गणतन्त्र मात्रै हुन सक्ने उनले औँल्याए।