प्रधान न्यायाधीश श्रेष्ठको प्रश्न: कर्मचारीको के तरिका हो यो? - Chaitanya News
  • 2026-11-16
  • 05:04:08
  • आइतबार,कार्तिक ३०, २०८३
  • प्रधान न्यायाधीश श्रेष्ठको प्रश्न: कर्मचारीको के तरिका हो यो?

    प्रधान न्यायाधीश श्रेष्ठको प्रश्न: कर्मचारीको के तरिका हो यो?

    काठमाडौँ– प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले कर्मचारीको तरिका यही हो? भन्दै प्रश्न गरेका छन्। महान्यायाधिवक्ता कार्यालयको स्थापना दिवसमा कर्मचारीले हल्ला गरेपछि प्रधान न्यायाधीश श्रेष्ठले सो आपत्ति जनाएका हुन्।

    प्रमुख अतिथिका रूपमा उपस्थित प्रधान न्यायाधीश श्रेष्ठले मन्तव्य राखिरहेको समयमा महान्यायाधिवक्ता कार्यालय मातहतका कर्मचारीहरूले साइड टक गरेपछि प्रधान न्यायाधीश श्रेष्ठ रिसाएका हुन्।

    प्रधान न्यायाधीश श्रेष्ठले भने, ‘के हल्ला गरिरहेको हो, यता सुन्नुहोस्। प्रमुख अतिथिले मन्तव्य राखिरहेको बेलामा हल्ला गरेर के गरेको? कर्मचारीको के तरिका हो यो? अनुशासन भन्ने हुँदैन?

    कार्यक्रममा पछि महान्यायाधिवक्ता कार्यालयले माफी मागेको बताइएको छ।