लुम्बिनीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ - Chaitanya News
  • 2026-11-16
  • 05:03:33
  • आइतबार,कार्तिक ३०, २०८३
  • लुम्बिनीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

    लुम्बिनीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

    काठमाडौँ– लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    प्रदेश प्रमुख अमिक शेरचनले आइतबार नवनियुक्त मन्त्री काँग्रेसका सरोज थापा ‘रोज’ र माओवादीकी कृष्णा केसीलाई मन्त्री पदको शपथ गराएका हुन्।

    उनीहरूलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार मन्त्री नियुक्त गरेका थिए। केसीलाई सहरी विकास मन्त्रालय र थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ।