एमालेलाई सिध्याउन षड्यन्त्र गर्न खोज्नेहरू अब आफैँ सकिन्छन्  : अध्यक्ष ओली - Chaitanya News
  • 2026-04-22
  • 06:03:19
  • बुधबार,बैशाख ०९, २०८३
  • एमालेलाई सिध्याउन षड्यन्त्र गर्न खोज्नेहरू अब आफैँ सकिन्छन्  : अध्यक्ष ओली

    एमालेलाई सिध्याउन षड्यन्त्र गर्न खोज्नेहरू अब आफैँ सकिन्छन्  : अध्यक्ष ओली

    काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैँ सकिने बताएका छन्। शुक्रबार धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमालेलाई सिद्धयाउने षड्यन्त्र लामो समयदेखि नै भएको भन्दै एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैँ सकिने बताएका हुन्। उनले देश विकासका सन्दर्भमा गठबन्धनलाई बोकेको कांग्रेसलाई एक्लै चुनाव लड्न आउन चुनौति दिए।

    ओलीले एक्लै चुनाव लडे एमालेले सिध्याउँछ भन्ने कांग्रेसलाई राम्ररी थाहा भएको तर्क गरे। कांग्रेसले समाजवादको कुरा गरेपनि समाजवाद भन्ने नै थाहा नपाएको भन्दै उनले अहिले ढोडको बैशाखी टेकेर हिँडेको समेत बताए। उनले विदेशी देख्नेबित्तिकै पुच्छर लुकाउनेबाहेकसँग तालमेल गर्न सकिन्छ भनेर जसपा र राप्रपासँग केही सीटमा तालमेल गरेको धारणा राखे। अबको निर्वाचनमा माधव नेपालको नेकपा एकीकृत समाजवादी र लोसपा राष्ट्रिय पार्टी बन्न नसक्ने र प्रचण्ड पनि आफैँ विस्तारै सकिँदै जाने तर्क गरे।

    गठबन्धनले सरकार बनाएपछि मुलुक भ्रष्टाचारमा डुबेको उनले बताए। ओलीले अहिले टुक्राटुक्री जोडेर सरकार बनाउन दिन नहुने भन्दै एमालेले बहुमतसँगै सरकार बनाउने दाबी गरे।