लुम्बिनीमा थपिए दुई मन्त्री , शपथ आजै - Chaitanya News
  • 2026-11-16
  • 05:02:48
  • आइतबार,कार्तिक ३०, २०८३
  • लुम्बिनीमा थपिए दुई मन्त्री , शपथ आजै

    लुम्बिनीमा थपिए दुई मन्त्री , शपथ आजै

    काठमाडौँ–लुम्बिनी प्रदेश सरकारले दुई मन्त्री थप गर्ने भएको छ। मन्त्रीको नाम टुङ्गो लागिसकेको र आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको जनाइएको छ।

    प्युठानबाट सांसद बनेका काँग्रेसका सरोज थापा र बाँकेबाट सांसद बनेकी माओवादीकी कृष्णा केसीलाई मन्त्री बनाउने टुङ्गो लागेको गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए।

    दुवै जनालाई आज शपथग्रहण गराइने कार्यक्रम तय भएको छ। केसीलाई खानेपानी र थापालाई पर्यटनमन्त्री बनाइने भएको छ।