निर्वाचन आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश - Chaitanya News
  • 2026-11-16
  • 05:27:56
  • आइतबार,कार्तिक ३०, २०८३
  • निर्वाचन आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

    निर्वाचन आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

    काठमाडौँ– निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको छ।

    आज (शुक्रबार) शीतल निवास पुगेर आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित पदाधिकारीले आयोगको आर्थिक वर्ष २०७९û०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेका हुन्।

    आयोगले शुक्रबार राष्ट्रपति पौडेललाई भेटेर संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदन पेस गरेको हो। संविधानले सबै संवैधानिक आयोगहरूले हरेक वर्षका वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था गरेको छ।