टीआरसी विधेयकमा सहमतिबाटै निर्णय गरौँ : कानुनमन्त्री गुरुङ - Chaitanya News
  • 2026-11-16
  • 05:30:02
  • आइतबार,कार्तिक ३०, २०८३
  • टीआरसी विधेयकमा सहमतिबाटै निर्णय गरौँ : कानुनमन्त्री गुरुङ

    टीआरसी विधेयकमा सहमतिबाटै निर्णय गरौँ : कानुनमन्त्री गुरुङ

    काठमाडौँ– कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिबाटै अगाडि बढाउनुपर्ने बताएका छन्।

    अल्पमत र बहुमतको प्रक्रियाबाट विवादित विषय टुङ्ग्याउने हतारो नगर्न समेत उनले संसदीय समितिलाई आग्रह गरेका छन्।

    प्रतिनिधि सभाको कानुन न्याय तथा मानवअधिकार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न कानुनमन्त्री गुरुङलाई बोलाएको थियो।

    उनका अनुसार कानुन समितिमा सहमति जुट्न बाँकी विधेयकका चार विषयमा शीर्ष तहमा छलफल भएको छ। तर फेरि छलफल गर्ने बाहेक अरु सहमति नभएको उनले बताए।

    सबै एकमत भएर बृहत् शान्ति सम्झौता भएको भन्दै उनले प्रक्रियामा जान तयार गर्न नहुने बताए। शीर्ष तहमा टुङ्गिएपछि वा यसरी जाने भनेर सहमति भएपछि बैठक राख्नसमेत उनले आग्रह गरे।