मन्त्रीहरू फेरेर भए पनि परिणाम दिने गरी काम गर्नेछु : प्रधानमन्त्री - Chaitanya News
  • 2026-11-16
  • 05:30:07
  • आइतबार,कार्तिक ३०, २०८३
  • मन्त्रीहरू फेरेर भए पनि परिणाम दिने गरी काम गर्नेछु : प्रधानमन्त्री

    मन्त्रीहरू फेरेर भए पनि परिणाम दिने गरी काम गर्नेछु : प्रधानमन्त्री

    विराटनगर– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरू फेरेर भए पनि परिणाम दिने गरी काम गर्ने बताएका छन्। मोरङको मिक्लाजुङ–५ मा माओवादीले आयोजना गरेको आमसभामा बोल्दै उनले यस्तो बताएका हुन्।

    यस्तै उनले आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने र त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

    उनले लाभाखोला बृहत् खानेपानी योजना सम्पन्न गराउने प्रतिबद्धता पनि व्यक्त गरे। यस्तै चुलाचुली, मिक्लाजुङ, लेटाङ सडक योजना अगाडि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले उर्लाबारी, मधुमल्ला र दारेगौंडा सडक निर्माणको अधुरो योजनालाई अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे।

    मोरङको पथरी शनिश्चरेको सुकुम्वासीको समस्या समाधानमा पहल गर्ने, किसानले बिक्री गरेको दूधको मूल्य दुग्ध विकास संस्थालाई सहुलियत ऋण उपलब्ध गराउने पनि उनले प्रतिबद्धता व्यक्त गरे।