संसदीय समितिले गर्‍यो सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जनाको नाम अनुमोदन - Chaitanya News
  • 2026-05-28
  • 01:16:59
  • बुधबार,जेठ १३, २०८३
  • संसदीय समितिले गर्‍यो सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जनाको नाम अनुमोदन

    संसदीय समितिले गर्‍यो सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जनाको नाम अनुमोदन

    काठमाडौँ– सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सबै ६ जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ।

    न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरिएको हो।

    अब उनीहरूले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज सुरु गर्ने छन्।