काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संघीय निजामती ऐन संसद्मा दर्ता हुने अन्तिम चरणमा रहेको बताएकी छन्।
आज (मंगलवार) काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संघीय निजामती ऐन संसद्मा दर्ता हुने अन्तिम चरणमा रहेको बताएकी हुन्। यस्तै उनले ऐन मन्त्रिपरिषद्बाट पास भएर संसद्मा दर्ता हुने चरणमा रहेको स्पष्ट समेत पारीन्।
उनले निजामती ऐन कुनै राजनीतिकर्मीले ड्राफ्ट गरेको नभई विभिन्न तहका विद्वत् वर्गले तयार पारेको बताइन्।
उनले संसद्मा दर्ता भएसँगै सरोकारवाला निकायसँग समन्वय र छलफल गरेर आफूहरू अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।