राप्रपाले फागुनदेखि गर्ने भनिएको आन्दोलनमा कमाण्डरको जिम्मेवारी लिङ्देनलाई - Chaitanya News
  • 2026-05-28
  • 00:05:34
  • बुधबार,जेठ १३, २०८३
  • राप्रपाले फागुनदेखि गर्ने भनिएको आन्दोलनमा कमाण्डरको जिम्मेवारी लिङ्देनलाई

    राप्रपाले फागुनदेखि गर्ने भनिएको आन्दोलनमा कमाण्डरको जिम्मेवारी लिङ्देनलाई

    काठमाडौँ– राप्रपाले आगामी फागुनदेखि गर्ने भनिएको आन्दोलनको कमाण्डर अध्यक्षलाई तोक्ने भएको ।

    राप्रपाको केन्द्रीय समिति बैठक तीन दिनदेखि जारी छ। बैठकले निर्णय गर्नुअघि पदाधिकारीहरुबीच छलफल भएको थियो।

    एक पदाधिकारीका अनुसार आगामी फागुनदेखि काठमाडौं केन्द्रीय आन्दोलन गर्ने र त्यसको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देनले नै गर्नु उपयुक्त हुनेमा नेताहरुले जोड दिएका छन्।

    यसअघि कार्यसम्पादन समितिले महामन्त्री धवलशम्शेर राणालाई आन्दोलनको संयोजक तोकेको थियो।