शेखरले प्रचण्डलाई भने: प्रधानमन्त्रीज्यू तपाईंको रिपोर्ट कार्ड चाहियो - Chaitanya News
  • 2026-05-28
  • 01:15:56
  • बुधबार,जेठ १३, २०८३
  • शेखरले प्रचण्डलाई भने: प्रधानमन्त्रीज्यू तपाईंको रिपोर्ट कार्ड चाहियो

    शेखरले प्रचण्डलाई भने: प्रधानमन्त्रीज्यू तपाईंको रिपोर्ट कार्ड चाहियो

    काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डकोे रिपोर्ट कार्डको माग गरेका छन्।

    नेता कोइरालाले पुस ५ देखि १० गतेसम्म प्रधानमन्त्रीले काठमाडौं नछोड्न मन्त्रीहरुलाई भनेको आफूले सुनेको बताए।

    ‘म त प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागिरहेको छु’, नेपाली कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनमा कोइरालाले भने, ‘हामीले प्रधानमन्त्रीको रिपोर्ट कार्ड लिने हो । प्रधानमन्त्रीज्यू, तपाईंको रिपोर्ट कार्ड हामीलाई चाहिएको छ ।’

    संसदीय व्यवस्थामा मन्त्रीले गरेको जसरअपजसको भागिदार पनि प्रधानमन्त्री हुने नेता कोइरालाले बताए ।