उपत्यकाको फोहोर व्यवस्थापनका लागि सरकारले पहल गरिरहेको छ : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-05-28
  • 01:15:52
  • बुधबार,जेठ १३, २०८३
  • उपत्यकाको फोहोर व्यवस्थापनका लागि सरकारले पहल गरिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

    उपत्यकाको फोहोर व्यवस्थापनका लागि सरकारले पहल गरिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकामा देखिएका फोहोर व्यवस्थापनका लागि सरकारले पहल गरिरहेको बताएका छन्।

    आज (.सोमबार) ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना दिवसको स्थापना दिवसको अवसरमा बोल्दै उनलृ यस्तो बताएका हुन्।

    यस्तै उनले भने ‘काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन र खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेरै नेतृत्वमा पहल भइरहेको छ । ‘यसका लागि तीनै तहको सरकारबिच समन्वय र सहकार्य हुन आवश्यक छ।

    उनले विकास निर्माण, सांस्कृतिक सम्पदाको संरक्षण एवं संवद्ध्रनका लागि स्थानीय तहले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै प्रशंसा गरे। प्रधानमन्त्री ‘प्रचण्ड’ले स्थानीय तहहरूको विकास निर्माणका सहयोग गर्न सरकार तयार रहेको बताए।