अभियानबाट देश र जनताको हित सोच्नेलाई उत्साहित बनाएको अध्यक्ष ओलीको दाबी - Chaitanya News
  • 2026-11-16
  • 06:16:15
  • सोमबार,मंसिर ०१, २०८३
  • अभियानबाट देश र जनताको हित सोच्नेलाई उत्साहित बनाएको अध्यक्ष ओलीको दाबी

    अभियानबाट देश र जनताको हित सोच्नेलाई उत्साहित बनाएको अध्यक्ष ओलीको दाबी

    काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितलाई सर्वोपरि ठान्नेहरूमा मध्यपहाडी सङ्कल्प यात्राले उत्साहित बनाएको बताएका छन्।

    पाँचथरको चिवाभञ्ज्याङ पुगेर सङ्कल्प यात्रा समापन गर्दै ओलीले यस्तो बताएका हुन्।

    ओलीले भने, ‘सङ्कल्प यात्राले अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको छ । देश र जनताको हितलाई सर्वोपरि ठान्नेहरूको मनोबल उच्च बनाएको छ।

    सङ्कल्प यात्राले मुलुकमा व्याप्त निराशा चिर्न सक्ने शक्ति एमाले भएको समेत पुष्टि गरेको अध्यक्ष ओलीले बताए। तर गठबन्धन सरकारका कारणले मुलुक चिन्ताजनक अवस्थामा पुगेको बताए।

    ‘देशको राजनीति अलमलमा छ, देशको समय र जनताको आयु खेर गएको छ’, अध्यक्ष ओलीले भने।

    गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवा भन्ज्याङसम्म चलेको मध्यपहाडी सङ्कल्प यात्राले देश विकासको खाका बनाउने आधार तयार पारेको उनले बताए।