राष्ट्रिय सभा निर्वाचनका लागि १२ दलले दिए दर्ता निवेदन - Chaitanya News
  • 2026-11-16
  • 06:16:05
  • सोमबार,मंसिर ०१, २०८३
  • राष्ट्रिय सभा निर्वाचनका लागि १२ दलले दिए दर्ता निवेदन

    राष्ट्रिय सभा निर्वाचनका लागि १२ दलले दिए दर्ता निवेदन

    काठमाडौँ– राष्ट्रिय सभा निर्वाचनका लागि १२ दलले दर्ताको निवेदन दिएका छन्। दल दर्ताको अन्तिम दिन शुक्रबारसम्ममा १२ दलले निवेदन दिएको आयोगले जनाएको छ।

    जसमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छन्।

    त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसापा०, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा ९राजमो०, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) छन्।