‘नेपालले भ्रष्टाचार विरुद्धको लडाइँमा धेरै संरचनात्मक चुनौतीहरूको सामना गरिरहेको छ : प्रेम कुमार राई - Chaitanya News
  • 2026-11-16
  • 06:16:45
  • सोमबार,मंसिर ०१, २०८३
  • ‘नेपालले भ्रष्टाचार विरुद्धको लडाइँमा धेरै संरचनात्मक चुनौतीहरूको सामना गरिरहेको छ : प्रेम कुमार राई

    ‘नेपालले भ्रष्टाचार विरुद्धको लडाइँमा धेरै संरचनात्मक चुनौतीहरूको सामना गरिरहेको छ : प्रेम कुमार राई

    काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले नेपालले भ्रष्टाचार विरुद्धको लडाइँमा धेरै संरचनात्मक चुनौतीहरूको सामना गरिरहेको बताएका छन्।

    भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको दशौँ सम्मेलनमा बोल्दै उने यस्तो बताएका हुन्।

    यस्तै उनले भ्रष्टाचार सामाजिक, राजनीतिक र कानुनी संरचनामा गहिरोसँग जरा गाडिएकोले यसको दिगो सफलताको लागि यी अन्तर्निहित कारकहरूलाई सम्बोधन गर्न महत्त्वपूर्ण रहेको समेत बताए। प्रमुख आयुक्त राईले चुनौतीका बाबजुद अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक दायित्व र कार्यादेशलाई जिम्मेवार र पारदर्शी रूपमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए।

    कार्यक्रममा राईले भ्रष्टाचार गम्भीर अपराध भएको उल्लेख गर्दै यसले विकासलाई कमजोर बनाउने र सरकार प्रतिको विश्वसनीयता पनि घटाउने बताए। नेपाल भ्रष्टाचार नियन्त्रणको लागि दृढसंङ्कल्पित रहेको र यस विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरेको उनले बताए । भ्रष्टाचार नियन्त्रणको लागि प्रवर्द्धनात्मक एवं दण्डात्मक उपायहरू अवलम्बन गरिएको उनको भनाई छ।

    राईले भने, ‘भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसङ्घीय महासन्धिको कार्यान्वयन गर्न र यसका उद्देश्यहरू प्राप्त गर्न नेपालले आगामी दिनमा समेत पक्ष राष्ट्रहरूसँगको सहयोगी प्रयासहरूको उत्सुकतापूर्वक अपेक्षा गर्दछ। भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको दसौँ सम्मेलन संयुक्त राज्य अमेरिकाको एटलान्टा सहरमा मङ्सिर २५ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो।