काठमाडौँ– नेपाली काँग्रेसले राष्ट्रिय सभा निर्वाचनको लागि दल दर्ता गर्ने निर्णय गरेको छ।
आज (शुक्रबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने जिम्मेवारी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेललाई दिएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए।
उनले राष्ट्रिय सभामा गठबन्धनसँग मिलेर जाने कुरा भएकाले उम्मेदवारको मापदण्डबारे अहिले छलफल नभएको बताए।
प्रवक्ता महतले भने, ‘उम्मेदवारबारे सबै दलसँग छलफल गरेरमात्रै टुङ्गिन्छ। निर्वाचन आयोगमा दर्ताको जिम्मेवारी मुख्यसचिवलाई दिइएको छ। पुस १२ गते केन्द्रीय समितिको बैठक बस्दैछ। निर्वाचनको सन्दर्भमा सभापतिलाई जिम्मेवारी दिने प्रचलनअनुसार निर्वाचनको सबै जिम्मेवारी उहाँलाई दिइएको छ।