सिंहदरबारमा सरकारका कामहरूको चौमासिक समीक्षा सुरु - Chaitanya News
  • 2026-11-16
  • 06:55:29
  • सोमबार,मंसिर ०१, २०८३
  • सिंहदरबारमा सरकारका कामहरूको चौमासिक समीक्षा सुरु

    सिंहदरबारमा सरकारका कामहरूको चौमासिक समीक्षा सुरु

    काठमाडौँ– सिंहदरबारमा सरकारका कामहरूको चौमासिक समीक्षा सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको अवस्थाबारे सबै मन्त्री र सचिवहरूलाई बोलाएर समीक्षा छलफल थालेका हुन्।

    जारी बैठकमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। चालू आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनामा सरकारले गरेका कामहरूको समीक्षा गर्ने प्रधानमन्त्रीको तयारी रहेको छ। उक्त छलफलमा यसअघि मन्त्रीहरूले पेश गरेको कार्य योजना अनुसार कामहरू भए नभएकोबारे समेत छलफल हुनेछ।