नेपाल विकास र समृद्धिमा पछि पर्नुको प्रमुख कारण शासकीय अयोग्यता : अध्यक्ष ओली - Chaitanya News
  • 2026-11-16
  • 06:57:29
  • सोमबार,मंसिर ०१, २०८३
  • नेपाल विकास र समृद्धिमा पछि पर्नुको प्रमुख कारण शासकीय अयोग्यता : अध्यक्ष ओली

    नेपाल विकास र समृद्धिमा पछि पर्नुको प्रमुख कारण शासकीय अयोग्यता : अध्यक्ष ओली

    काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल विकास र समृद्धिमा पछि पर्नुको प्रमुख कारण शासकीय अयोग्यता भएको बताएका छन्। आज (बिहीबार) भोजपुरको अरुण गाउँपालिकामा जनभेटघाट कार्यक्रममा बोल्दै यनले यस्तो बताएका हुन्।

    ‘यस्तै उनले यस्तो उर्वर भूमि अविकसित हुनु, पछाडि पर्नु, यहाँका जनता भोकमरी र गरिबीमा बाच्नु स्वाभाविक र सहज कुरो हुँदै होइन’ ‘यस कुराका पछाडि शासकीय अयोग्यताबाहेक अरू केही होइन।’

    उनले शासकहरूको गलत स्वार्थ, निजी स्वार्थ, स्वार्थ केन्द्रित राजनीति हुनु र देश र जनता केन्द्रित राजनीति हुन नसक्नु, भिजन र दृष्टिकोण शासकहरूमा हुन नसक्नु नै पछौटेपनको कारण भएको बताए।

    विकास र पूर्वाधारका लागि दुई वटा कुरा अनिवार्य भएको पनि ओलीको भनाइ छ । ‘देशको विकास गर्न शान्ति चाहिन्छ। अर्को एकजुट हुनुपर्छ’, उनले विकास प्रेमी सरकार आवश्यक भएको भन्दै आफ्नो थैलो भर्ने सरकारले देशको विकास गर्न नसक्ने बताए। उनले देशलाई सुशासन चाहिएकाले सम्भावना खोज्दै नेकपा हिँडिरहेको बताए। मंसिर १४ बाट एमालेले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा अन्तर्गत बैतडीबाट हिँडेको टोली आज १५ औँ दिन भोजपुरबाट धनकुटा पुग्दै छ।