आज ‘प्रचण्ड’ले बोलाएको मन्त्रिपरिषद् बैठकमा सचिव नियुक्तिदेखि पदस्थापनसम्मका निर्णय हुन सक्ने - Chaitanya News
  • 2026-11-16
  • 06:57:24
  • सोमबार,मंसिर ०१, २०८३
  • आज ‘प्रचण्ड’ले बोलाएको मन्त्रिपरिषद् बैठकमा सचिव नियुक्तिदेखि पदस्थापनसम्मका निर्णय हुन सक्ने

    आज ‘प्रचण्ड’ले बोलाएको मन्त्रिपरिषद् बैठकमा सचिव नियुक्तिदेखि पदस्थापनसम्मका निर्णय हुन सक्ने

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक आज (बिहिबार)आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बस्न लागेको हो।

    पछिल्लो समय नियमित बैठक मङ्गलवार बिहान ९ बजेका लागि भनिए पनि केही समययता यो तालिका भने फेरबदल हुँदै आएको छ । अघिल्लो बैठक बिहीवार बसेको थियो भने त्यसको ठिक एक हप्ता पनि आज बस्दै छ।

    आजको बैठकले मन्त्रालयका नियमित प्रस्तावहरूसँगै केही अन्य प्रशासनिक निर्णय पनि हुन सक्ने जनाइएको छ। आजको बैठकले परराष्ट्र मन्त्रालयको सचिव नियुक्तिको निर्णय पनि गर्दै छ। यससँगै अन्य केही सचिवहरूको सरुवा तथा पदस्थापन हुने चर्चा कायमै रहे पनि अहिले नै भन्न सक्ने अवस्था भने छैन।