देशको विकासका लागि एमालेको एकल सरकार आवश्यक छ : अध्यक्ष ओली - Chaitanya News
  • 2026-11-16
  • 06:55:59
  • सोमबार,मंसिर ०१, २०८३
  • देशको विकासका लागि एमालेको एकल सरकार आवश्यक छ : अध्यक्ष ओली

    देशको विकासका लागि एमालेको एकल सरकार आवश्यक छ : अध्यक्ष ओली

    काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासका लागि एमालेको एकल सरकार आवश्यक भएको बताएका छन्।

    आज (बुधबार) भोजपुरको टेम्केमैयुङ गाउँ कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

    यस्तै उनले यो कामका लागि सही तरिकाबाट सबैको साथ लिएर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आव्हान गरे। ओलीले भने, ‘हाम्रो देश हामी आफैँले नै बनाउनुपर्छ। एमालेले देश बनाउँछ। यसका लागि सँगसँगै हिडौं।

    ओलीले मिसन ८४ अभियान अन्तर्गत नै मध्यपहाडी सङ्कल्प यात्रा आयोजना गरिएको बताए। उनले यात्रामा उत्साहपूर्ण सहभागिता जनाएका भन्दै सबैलाई धन्यवाद दिएका छन्।

    नेकपा एमालेको सरकारले छोटो समयमा पनि पर्याप्त काम गरेको उनको दाबी छ। ओलीले भने, ‘विरोधीले त्यो काम सहन सकेनन्, देशको विकास सहन सकेनन्। ’ एमाले सरकारबाट हटेपछि देशको विकास ओरालो लागेको भन्दै विकासको काम अहिले ठप्प रहेको उनको टिप्पणी छ।