२ सय जनाभन्दा धेरै नेपाली रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक : प्रधानमन्त्री प्रण्चड - Chaitanya News
  • 2026-11-16
  • 06:54:54
  • सोमबार,मंसिर ०१, २०८३
  • २ सय जनाभन्दा धेरै नेपाली रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक : प्रधानमन्त्री प्रण्चड

    २ सय जनाभन्दा धेरै नेपाली रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक : प्रधानमन्त्री प्रण्चड

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २ सय जनाभन्दा धेरै नेपाली युवा रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक रहेको बताएका छन। आज (बुधवार) काभ्रेको धुलिखेलमा काठमाण्डौ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहमा बोल्दै उनले यस्तो बताए। यस्तै रुसी सेनामा भर्ना भएका ती नेपाली युवालाई सकुशल फिर्ता गर्न सरकारले हरसम्भव प्रयास गरिरहेको उनको भनाइ छ।

    उनले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माणको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खान बाध्य भएको बताए।

    प्रधानमन्त्री प्रचण्डले अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर रहेका र तिनको उचित व्यवस्थापन गर्नसके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिने उल्लेख गरे ।

    आज दीक्षित हुने सम्पूर्ण विद्यार्थीलाई पनि उनले ज्ञान र सीपलाई देश र मानव हितमा लगाउन आग्रह गरे। साथै विदेश गएका विज्ञ एवम् युवालाई पनि आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न उनको अनुरोध छ।