‘जति तोड्ने प्रयास गरेपनि केही हुनेवाला छैन, यो गठबन्धन पूरै अवधि जान्छ’ : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-11-16
  • 06:55:54
  • सोमबार,मंसिर ०१, २०८३
  • ‘जति तोड्ने प्रयास गरेपनि केही हुनेवाला छैन, यो गठबन्धन पूरै अवधि जान्छ’ : प्रधानमन्त्री प्रचण्ड

    ‘जति तोड्ने प्रयास गरेपनि केही हुनेवाला छैन, यो गठबन्धन पूरै अवधि जान्छ’ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार ढाल्ने कसरत भइरहेको बताएका छन्।

    आज (सोमबार) नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन।

    ‘यस्तै उनले अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने केके भन्ने त रातदिन एक थरीको खेल कसरत भइ नै रहेको छ’, उनले भने, ‘तर मैले हेर्दा र गठबन्धनका बैठकहरू सबै गर्दा केही हुनेवाला छैन। यो गठबन्धन पूरै अवधि जान्छ।

    प्रधानमन्त्री ‘प्रचण्ड’ले आफ्नो सरकारको एक वर्षको समीक्षा गर्ने र अर्को एक वर्षका लागि नयाँ रणनीति बनाउने पनि बताए। प्रचण्ड गत वर्ष १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए।