माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पाँच दलले गराए दल दर्ता - Chaitanya News
  • 2026-11-16
  • 06:56:54
  • सोमबार,मंसिर ०१, २०८३
  • माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पाँच दलले गराए दल दर्ता

    माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पाँच दलले गराए दल दर्ता

    काठमाडौँ– माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज (सोमबार) दिउँसोसम्म पाँच वटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन्। निर्वाचन आयोगका अनुसार दल दर्ताका दोस्रो दिनसम्म पाँच दलले दर्ताको निवेदन दिएका हुन्।

    राष्ट्रिय सभाको निर्वाचनमा भाग लिन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत, नेपाल मजदुर किसान पार्टीले आयोगमा निवेदन दिएका हुन्। आयोगका एक पदाधिकारीका अनुसार नेपाली काँग्रेस, जसपा र लोसपा लगायतका दल सोमबारसम्म दल दर्ताका लागि आयोग पुगेका छैनन्।

    आगामी माघ ११ गते हुने निर्वाचनका लागि आइतबारबाट दल दर्ताका लागि आयोगले सूचना जारी गरेको थियो। दल दर्ताका मंसिर २९ गतेसम्मका लागि समय दिएको आयोगले जनाएको छ। आगामी फागुन २० गतेबाट रिक्त हुने राष्ट्रियसभाको २० पदमध्ये माघ ११ गते १९ पदमा चुनाव हुदैछ।