काठमाडौं– नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले मार्क्सवादी–लेनिनवादले मात्र नेपालमा हित गर्न सक्ने बताएका छन्। बिहीबार बिहान पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले थोरैबाट भएपनि आफूले नयाँ कम्युनिष्ट पार्टी निर्माण सुरु गरेको बताएका हुन्।
नेपालले संघर्षबाट आत्तिएर डराएर पार्टी र जीवन निर्माण नहुने धारणा राखे। ‘विचारले विश्वास जगाउँछ, आँट ल्याउँछ।’उनले भने,‘इतिहासको निर्माणकर्ता जनता हो। जनतालाई गलत कुरामा आन्दोलित बनाउनुपर्छ।’
नेपालले जतिसुकै विभाजित भएपनि कम्युनिष्ट पार्टी भित्रका कार्यकर्ता कम्युनिष्ट पार्टीमै गएको धारणा राखे। नेपालले जनताको बहुदलीय विचार ल्याउन खोज्दा पनि त्यो समयमा एकभन्दा बढी कम्युनिष्ट पार्टी हुनु घृणा नहुने सोचेको बताए।
‘तत्कालीन एमालेको सरकार बन्दा ६० हजार सुकुम्बासी परिवारलाई जग्गा बाँडेको, नेपालको इतिहासमा अहिलेसम्म अरुले नगरेको काम हामीले गरेका थियौं। १०० रुपैयाँबाट ४ हजार बृद्धभत्ता पुर्याएका छौं। अब भोली हाम्रो सरकार बन्यो भने हामी ५ हजार पुर्याउँछौं भनिरहेका छौं। एकल महिलाहरु, अपाङ्गता भएका व्यक्तिहरु तिनीलाई पनि राज्यले याद गर्यो।’ उनले थपे,‘आफ्नो गाउँ आफैँ बनाउँ भन्ने अभियान सुरु गरेको, विकासको निमित्त छुट्टै बजेट निर्माण गरेर ुनौ सु को अभियान हामीले सुरु गर्यौं। जनताले हामीलाई विश्वास गरेका थिए।’
नेपालले २०६६ सालमा आफू प्रधानमन्त्री हुँदा जनता आवास कार्यक्रम सुरु गरेको स्मरण गरे। उनले भने, ‘घरबार बिहीन मान्छेलाई राज्यले घर बनाएर दिनुपर्छ भन्ने निर्णय गराएर दलित आवास र जनता आवास कार्यक्रम शुभारम्भ गर्यौं।’
‘पर्यटन प्रवर्द्धन गर्न काठमाडौं एयरपोर्टमा प्लेन धेरै समय बस्न नसक्ने भएकाले निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउनु पर्छ भनेर हाम्रो सरकारले निर्णय गरेको हो। कोरियन कम्पनीलाई रिपोर्ट तयार गर्ने जिम्मा दिइयो। ’उनले थपे, ‘काठमाडौंलाई तराईसँग जोड्न निजगढ द्रुत मार्गको सुरुवात, पुष्पलाल (मध्यपहाडी) लोक मार्गमा स्मार्टसिटीहरु, हुलाकी राजमार्गको सुरुवात, तामाकोशी जलविद्युत आयोजना निर्माण, लगायतका काम एमाले नेतृत्वको सरकारले गरेको हो।’ जलविद्युत र पर्यटन क्षेत्रको विकासको विशाल सम्भावना भएको नेपालको भनाई छ।
नेपालले २०७४ सालमा एमालेलाई जनताले ठूलो मौका दिएको समेत स्मरण गरे। नेपालले बहुमतको सरकार हुँदा पनि ओलीको कारण पार्टीमा विद्रोह गर्नुपरेको स्पष्ट पारे। नेपालले भने,‘ओलीले दुईरदुई पटक संसद विघटन गरे। ओलीले पार्टीले गुटमा परिणत गरे।’ उनले पार्टीले पार्टीको रुपमा काम नगरेर कम्युनिष्ट आदर्श, सिद्धान्तलाई परित्याग गरेपछि अहिलेको अवस्था आएको बताए।
उनले संविधान जोगाउन, गणतन्त्रको रक्षा र समावेशिता लागू गर्न केपी ओलीको सरकार ढालेको बताए।