भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि अगाडि बढ्न पार्टी पङ्क्तिलाई ओलीको निर्देशन - Chaitanya News
  • 2026-11-16
  • 07:12:33
  • सोमबार,मंसिर ०१, २०८३
  • भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि अगाडि बढ्न पार्टी पङ्क्तिलाई ओलीको निर्देशन

    भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि अगाडि बढ्न पार्टी पङ्क्तिलाई ओलीको निर्देशन

    काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि अगाडि बढ्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन्।

    मध्यपहाडी सङ्कल्प यात्राको क्रममा काभ्रे दोलालघाटमा स्थानीयसँग अन्तरक्रिया गर्दै मिसन ०८४ भेट्नको लागि अहिले पार्टी विभिन्न अभ्यासहरूबाट अगाडि बढिरहेको बताए।

    उनले भने, ‘यो सङ्कल्पको धेरै पाटो छन् । त्यसलाई भेट्नको लागि मिसन ०८४ नै हो। मिसन ०८४ भेट्नको लागि अहिले हामी विभिन्न अभ्यासहरूबाट अगाडि बढिरहेका छौँ। मिसन ०८४ भेट्नको लागि सिङ्गो देश एकजुट भएर बढ्नुपर्ने आवश्यकता छ । भ्रम र अन्योलमा नपर्नुपर्ने अवस्था छ।

    राष्ट्रिय हित र जनताको समस्या बुझ्ने पार्टी एमालेबाहेक अरु हुन नसक्ने उनको भनाइ छ।