विश्वव्यापी जलवायु परितवर्तनको प्रभावले मानव अधिकारका सबै आयमलाई जोखिममा पारेको छ : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-11-16
  • 07:10:48
  • सोमबार,मंसिर ०१, २०८३
  • विश्वव्यापी जलवायु परितवर्तनको प्रभावले मानव अधिकारका सबै आयमलाई जोखिममा पारेको छ : प्रधानमन्त्री प्रचण्ड

    विश्वव्यापी जलवायु परितवर्तनको प्रभावले मानव अधिकारका सबै आयमलाई जोखिममा पारेको छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले विश्वव्यापी जलवायु परितवर्तनको प्रभावले मानव अधिकारका सबै आयमलाई जोखिममा पारेको बताएका छन्। आज (आइतबार) काठाडौंमा ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले यसका असरसँग जुध्न सरकार गम्भीर रहेको समेत जिकिर गरे। जलवायु परिवर्तनलाई बढवा दिने काम विकसित राष्ट्रहरूले गरेको तर त्यसको प्रभाव नेपाल जस्ता देशहरूले भोग्नु परेकोमा प्रधानमन्त्री प्रचण्डले चिन्ता व्यक्त गरे।

    ‘विश्वव्यापी उष्णताका कारण जलवायु परिवर्तनका असर देखा पर्न थालेका छन्। हाम्रा हिमालहरू पग्लिन थालेका छन्। जलवायु परिवर्तनलाई बढवा दिने गतिविधि अन्य राष्ट्रहरूले गर्ने तर त्यसको प्रभावको जोखिम नेपालजस्ता देशहरूले भोग्नुपर्ने विडम्बना देखिएको छ’, प्रचण्डले भने, ‘यसका असरसँग जुध्ने र अनुकुलनका लागि वातावरण सिर्जना गरी मानव अधिकारको रक्षाका लागि नेपाल सरकार निकै संवेदनशील रहेको छ।