पोखरा र लुम्बिनी विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको ओली आरोप - Chaitanya News
  • 2026-11-16
  • 07:10:53
  • सोमबार,मंसिर ०१, २०८३
  • पोखरा र लुम्बिनी विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको ओली आरोप

    पोखरा र लुम्बिनी विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको ओली आरोप

    गोरखा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्।

    आज (शनिबार) मध्य पहाडी पुष्पलाल लोकमार्ग अभियानका क्रममा गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले चीनलाई पर्यटक ल्याउन आग्रह गर्ने हो भने पनि वार्षिक ५ देखि १० लाख पर्यटक ल्याउन सक्ने भएकोले सरकारले विमानस्थल सञ्चालनमा जोड दिनुपर्ने समेत बताए। उनले सरकारले सार्वभौम सत्ता, स्वाधीनताको र स्वतन्त्रताको उपयोग गर्ने हुती राख्नुपर्ने बताए।

    लिम्पियाधुरा, लिपुलेक, कालापानीको प्रश्न उच्चस्तरका भ्रमणका क्रममा राख्न नसक्ने कुरा देशप्रतिको बेइमानी भएको उनले बताए। अध्यक्ष ओलीले विकासमा कुनै पनि नेपाली भूभाग पछि पर्नु नहुनेमा जोड दिए।