भारतले प्याज निर्यातमा गरेको कसिलो व्यवस्था थप तीन महिना लम्ब्यो - Chaitanya News
  • 2026-06-01
  • 01:50:48
  • आइतबार,जेठ १७, २०८३
  • भारतले प्याज निर्यातमा गरेको कसिलो व्यवस्था थप तीन महिना लम्ब्यो

    भारतले प्याज निर्यातमा गरेको कसिलो व्यवस्था थप तीन महिना लम्ब्यो

    काठमाडौं– भारतले प्याज निर्यातमा गरेको कसिलो व्यवस्था थप तीन महिना लम्ब्याएको छ। बिहीबार भारतको वैदेशिक व्यापार महानिर्देशनालयले एक राजपत्र प्रकाशित गर्दै डिसेम्बर अन्तिमसम्मको प्याज निर्यातको कसिलो व्यवस्था तीन महिना थप गरेर मार्च ३१ सम्म पुर्‍याएको जनाएको छ।

    अक्टोबर ८ मा वैदेशिक व्यापार नीतिमा संशोधन गर्दै भारतले प्याजको निर्यातमा न्यूनतम निर्यात मूल्य प्रतिमेट्रिक टन ८०० डलर तोकेको थियो। भारतीय बजारमा प्याजको मूल्यमा उल्लेख्य बृद्धि भएको भन्दै स्थानीय बजारमा मूल्यबृद्धि रोक्न भारतले यस्तो निर्णय गरेको थियो।

    जसअनुसार १५ पुससम्म भारतको उक्त नीतिबाट नेपाल प्रभावित हुने थियो, तर थप तीन महिना यस्तो नियम बढाउने निर्णयपछि अब २०८१ वैशाखसम्म भारतीय नीतिको असर नेपाली बजारमा पर्नेछ। प्याज निर्यातमा न्यूनतम मूल्य तोकिएलगत्तै नेपालमा प्याजको उपभोक्ता मूल्यमा बृद्धि भएको थियो।