राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक, सेयर धितो र घरजग्गा कर्जाको जोखिमभार घट्यो - Chaitanya News
  • 2026-07-13
  • 05:45:35
  • सोमबार,आषाढ २९, २०८३
  • राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक, सेयर धितो र घरजग्गा कर्जाको जोखिमभार घट्यो

    राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक, सेयर धितो र घरजग्गा कर्जाको जोखिमभार घट्यो

    काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ।

    सार्वजनिक मौद्रिक नीतिको समीक्षाले सेयर धितोमा जाने ठूला कर्जाको जोखिमभार घटाएको छ। ५० लाखभन्दा बढी सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशत कायम गरिएको छ। यसअघि यस्तो जोखिमभभार १५० प्रतिशत थियो।

    ५० लाख मुनिको सेयर धितो कर्जाको जोखिमभार भने १०० प्रतिशत कायम छ। सेयर धितो कर्जामा जोखिम भार घटाएर सेयर बजारलाई चलायमान बनाउने लक्ष्य मौद्रिक नीतिको समीक्षाले लिएको छ। त्यस्तै घरजग्गा कर्जाको जोखिमभार पनि १२५ प्रतिशतमा झारिएको छ।