एकदिवसीय एसिया कपमा आज नेपाल र पाकिस्तान भिड्दै - Chaitanya News
  • 2026-07-13
  • 05:45:10
  • सोमबार,आषाढ २९, २०८३
  • एकदिवसीय एसिया कपमा आज नेपाल र पाकिस्तान भिड्दै

    एकदिवसीय एसिया कपमा आज नेपाल र पाकिस्तान भिड्दै

    काठमाडौँ– १९ वर्षमुनिको एकदिवसीय एसिया कप क्रिकेटमा आज नेपाल र पाकिस्तान भिड्दै छ।

    खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे दुबईको आईसीसी ओभल क्रिकेट मैदानमा सुरु हुनेछ। आजै अर्को खेलमा अफगानिस्तानले भारतीय टोलीको सामना गर्दैछ।

    पुस १ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ। नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन् भने युएई, जापान, श्रीलङ्का र बङ्गलादेश समूह ‘बी’मा छन्।

    एसिया कपलाई आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकप खेलको तयारीको रूपमा पनि हेरिएको छ। अहिले सहभागी टिममध्ये यूएई र जापानबाहेकका सबै टोलीले विश्वकप खेल्नेछन्।

    विश्वकपमा नेपालको समूह ‘डी’मा छ, जहाँ न्यूजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन्। नेपालले पछिल्ला ११ अन्तर्राष्ट्रिय यू–१९ खेलमा अपराजित रहँदै दुई उपाधि जितेको छ।