एनसेल खरिदबिक्रीमा कर छल्नेलाई तत्काल कारबाही हुनुपर्छ : रवि लामिछाने - Chaitanya News
  • 2026-11-16
  • 07:24:41
  • सोमबार,मंसिर ०१, २०८३
  • एनसेल खरिदबिक्रीमा कर छल्नेलाई तत्काल कारबाही हुनुपर्छ : रवि लामिछाने

    एनसेल खरिदबिक्रीमा कर छल्नेलाई तत्काल कारबाही हुनुपर्छ : रवि लामिछाने

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल खरिदबिक्रीमा कर छल्नेमाथि तत्काल कारबाही हुनुपर्ने माग गरेका छन्। उनले समिति गठनको आवश्यकता नै नरहेको तर्क गरेका हुन्।

    आज रास्वपा बैठकपछि पत्रकारसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्रीले राखेको सर्वदलीय बैठकप्रति पनि असन्तुष्टि जनाएका छन।

    उनको भने, ‘यो छानबिनको विषय अवश्य हो। तर, खरिदबिक्री भएको हो कि होइन रु होइन भने किन बबाल गरेको? हो भने त्यसबापत प्राप्त गर्नुपर्ने राजश्व राज्यले पायो कि पाएन? गैर कानुनी हो कि होइन? सर्वदलीय बैठक बस्ने कि कर छल्ने मान्छेलाई समाउने? कर छलि भएको होइन ? किनबेच भएको होइन ? कर छल्दा तपाईँलाई के गरिन्छ? केको समिति? हो, यसमा को को जोडिएका छन् भनेर वृहत् छानबिन त हुनैपर्छ। तर कर छल्नेलाई तुरुन्तै कारबाही गर्नुपर्छ। अर्थमन्त्रीलाई थाहै छैन भन्ने सुनेँ। योजस्तो लज्जास्पद र हास्यास्पद के हुन्छ? यो मुलुकमा जे गरे पनि हुन्छ भन्ने स्थापित गर्न खोजियो। अर्थमन्त्रीको अभिव्यक्ति त प्रतिक्रिया दिन पनि लायक छैन।