मैले सचिवहरूलाई दिएको निर्देशनको परिणाम निराशाजनक रहेको छ : प्रधानमन्त्री - Chaitanya News
  • 2026-11-16
  • 07:31:47
  • सोमबार,मंसिर ०१, २०८३
  • मैले सचिवहरूलाई दिएको निर्देशनको परिणाम निराशाजनक रहेको छ : प्रधानमन्त्री

    मैले सचिवहरूलाई दिएको निर्देशनको परिणाम निराशाजनक रहेको छ : प्रधानमन्त्री

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सचिवहरूलाई दिएको निर्देशनको परिणाम निराशाजनक रहेको बताएका छन्।

    आज (बुधवार) ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले सोचेजस्तो शासकीय सुधारको काम गर्न नसकिएको भन्दै अब सरकारको ध्यान समग्र शासकीय प्रणाली सुधारमा केन्द्रित हुने समेत बताए।

    आफूले पहिलो पटक सचिवहरूलाई दिएको निर्देशनको परिणाम निराशाजनक रहेको भन्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले समस्या समाधानका उपाय खोज्नैपर्ने पनि बताए।

    ‘मैले पहिलो चोटि सचिवहरूलाई निर्देशन दिँदैगर्दा जुन ठोस रूपमा प्रस्तुत गर्ने कोसिस गरिएको थियो। त्यो नतिजा र परिणाममा हेर्दा त्यो उत्साहजनक होइन, निराशाजनक रह्यो। भने जसरी अगाडि जान सकेन। त्यसकारण कहीँ न कहीँ यसमा समस्या छ र यसको समाधान गर्ने उपाय पनि हामीले खोज्नै पर्नेछ,’ उनले भने।

    प्रधानमन्त्री ‘प्रचण्ड’ले २०७९ पुस २९ गते सरकारका सचिवहरूसँग बैठक गरी ३० बुँदे निर्देशन दिएका थिए। आफूले दिएको सोही निर्देशन स्मरण गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले तत्काल जनतालाई सेवा प्रवाह गर्न र जनतामा उत्साह आउने गरी परिणाममुखी काम गर्न मातहतका सबै निकायलाई निर्देशनसमेत दिए।