रुपन्देही– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको व्यवस्थामाथि औँला ठड्याउनेविरुद्ध सबै मिलेर लड्नुपर्ने बताएका छन्।
आज (बुधबार) झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको क्रममा रुकुमपूर्व आइपुगेका उनले सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले यस्तै उनले रुकुमपूर्वको भेलामा अहिले देशको नाजुक अवस्था अत्यन्तै कमजोर बनाउन खोजिएकोबारे एमालेले निरन्तर खबरदारी गरिरहेको समेत बताए।
‘सरकारका कारण धेरै समस्या आएका छन्। देश असफल बनाउने अवस्थामा लान खोजिएको छ, देशभित्रका केही तत्त्व र देश बाहिर रहेका नेपालको अहित चाहनेहरुविरुद्ध सबै सचेत बनौँ,’उनले भने, ‘यो प्रणालीलाई ठूलो लगानी गरेर ल्याएका हौँ, यसविरुद्ध हुने गतिविधि सबै मिलेर लड्नुपर्दछ, देशको स्वाधीनतामा गर्व गरौँ। अब सबै मिलेर अप्ठ्यारो पहिचान गरौँ।
देशलाई असफल बनाउन खोज्ने देशभित्रका केही तत्त्व र देश बाहिर नेपालको अहित चाहने तत्वविरुद्ध सामूहिकरूपमा लड्नुपर्ने उनको भनाइ छ।
ओलीले भने,‘अवस्थाले धेरै अवगतबारे छौँ, राजनीति निराशायुक्त छ, अस्थिर र अराजक भइरहेको छ, जनविश्वास घटेको छ, अर्थतन्त्र अत्यन्तै अफ्ठेरो अवस्थामा र अझ बिग्रिरहेको छ, धेरै बेथिति रोक्नु छ, यस्तो अवस्थामा हामीले यो अभियान लिएर हिँडेका छौँ।’
अध्यक्ष ओलीले सरकारले निरन्तर गलत काम गर्दै गइरहेकाले सबै नेपाली सचेत हुनुपर्ने बताए।