एनसेल खरिदबिक्री सरकार र राजनीतिक संलग्नताबिना असम्भव छ : भीम रावल - Chaitanya News
  • 2026-11-16
  • 07:32:12
  • सोमबार,मंसिर ०१, २०८३
  • एनसेल खरिदबिक्री सरकार र राजनीतिक संलग्नताबिना असम्भव छ : भीम रावल

    एनसेल खरिदबिक्री सरकार र राजनीतिक संलग्नताबिना असम्भव छ : भीम रावल

    काठमाडौँ– नेकपा एमालेका नेता भीम रावलले एनसेलको सेयर खरिदबिक्री सरकार र उच्च राजनीतिक संलग्नताबिना सम्भव नहुने बताएका छन्।

    सामाजिक सञ्जालमा स्टाट्स लेल्दै रावलले सरकारको स्वामित्वमा आउन नदिन कम्पनी विक्रीको नाटक गरिएको बताएका हुन्।

    ‘एनसेलले ७० अर्ब बढी राजस्व नतिरेको मुद्दा चलिरहेकै बेला अर्बौँको घोटाला गर्नुका साथै कम्पनी सरकारको स्वामित्वमा आउन नदिन कम्पनी बिक्रीको नाटक गरिएको छ,’ रावलले लेखेका छन्, ‘यो सरकार र उच्च राजनीतिक संलग्नता बिना सम्भव हुन्ने देखिन्न।’

    ‘सुशासन र राष्ट्रिय हित भनेको यस्तै हुन्छ? भन्दै प्रश्न गर्दै रावलले छानबिन गरी कारबाही गर्न माग गरेका छन्।