सरकार अर्थतन्त्र सुधारका लागि ‘फाइनल टच’को तयारीमा - Chaitanya News
  • 2026-11-16
  • 08:08:35
  • सोमबार,मंसिर ०१, २०८३
  • सरकार अर्थतन्त्र सुधारका लागि ‘फाइनल टच’को तयारीमा

    सरकार अर्थतन्त्र सुधारका लागि ‘फाइनल टच’को तयारीमा

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधारका लागि सरकार ‘फाइनल टच’ को तयारीमा रहेको बताएका छन्। आज (सोमबार) विभिन्न मिडियाका सम्पादकहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले देशमा विद्यमान विभिन्न समस्या सुधारका काम गरिरहेको दाबी गरे।

    उनले वित्तीय संकट सामना गर्न सरोकारवालासँग छलफल गरिएको र केही निष्कर्ष निकालिएको जानकारीसमेत दिए।

    अर्थतन्त्रका कारण सरकार संकटमा नरहेको तर व्यवहारमा केही समस्या देखिएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो। व्यापार व्यवसायको स्थिति खराब रहेको, सटरहरु बन्द हुँदै गएको अवस्थालाई अन्त्य गर्नका लागि सरकारले चाँडै विशेष कदम चाल्ने उनले प्रस्ट पारे।