विशेष अदालतका नवनियुक्त अध्यक्ष एवं सदस्यहरूले लिए शपथ - Chaitanya News
  • 2026-11-16
  • 08:08:52
  • सोमबार,मंसिर ०१, २०८३
  • विशेष अदालतका नवनियुक्त अध्यक्ष एवं सदस्यहरूले लिए शपथ

    विशेष अदालतका नवनियुक्त अध्यक्ष एवं सदस्यहरूले लिए शपथ

    काठमाडौँ– विशेष अदालत काठमाडौँका लागि नवनियुक्त अध्यक्ष एवं सदस्यहरूले आज सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

    विशेष अदालतको नवनियुक्त अध्यक्ष एवं न्यायाधीशमा टेकनारायण कुँवर र सदस्य एवं न्यायाधीशमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

    मंसिर ५ मा न्याय परिषद् बैठकले विशेष अदालतका लागि अध्यक्ष र सदस्यहरू तोक्न परामर्श गर्ने निर्णय गरेको थियो।