‘ग्रीन टी’ को चमत्कारी फाइदा - Chaitanya News
  • 2026-05-05
  • 07:12:44
  • मंगलबार,बैशाख २२, २०८३
  • ‘ग्रीन टी’ को चमत्कारी फाइदा

    ‘ग्रीन टी’ को चमत्कारी फाइदा

    काठमाडौं– ग्रीन टीका बारेमा पछिल्लो समय सबैले सुन्दै र थाहा पाउँदै आएका छौँ। स्वस्थ्य रहनका लागि धेरै चिकित्सकहरु, योग गुरु तथा वैद्यहरुले समेत ग्रीन टी पिउने सल्लाह दिने गरेको पाइएको छ।

    सामान्यतया चियाका बोटका नयाँ नटिपिएका मुनाबाट प्रशोधन नगरी बनाइएको चिया नै ग्रीन टी मानिन्छ। ग्रीन टीमा भएका तत्वहरुले मानिसलाई निम्न कुराहरुमा फाइदा र्पुयाउँछ। ग्रिन टी अक्सिडाइज नगरिएका पत्तीबाट बनाइन्छ र प्रशोधन पनि कम हुन्छ, त्यसैले यसमा एन्टिअक्सिडेन्ट तत्व बढी हुन्छ र लाभकारी प्राकृतिक तत्व पोलिफेनल हुन्छन्। पछिल्ला अनुसन्धानले ग्रिन टीले तौल घटाउनेदेखि लिएर कलेजोको समस्या तथा टाइप टु डाइबेटिजसम्मका लागि पनि सकारात्मक असर पर्ने पुष्टि गरेका छन्। चिनी नहालिएको ग्रिन टीमा जिरो क्यालोरी हुन्छ। यसमा क्याफिनको मात्र निकै थोरै हुन्छ, उदाहरणका लागि एक कप ब्ल्याक टीमा क्याफिनको मात्रा ५० मिलिग्राम हुन्छ, कफीमा ९५ मिलिग्राम हुन्छ भने ग्रिन टीमा २० देखि ४५ मिलिग्राम मात्र हुन्छ। ग्रिन टी संभवतः विश्वमै सबैभन्दा स्वस्थ पेय मानिन्छ जसमा अन्य चियामा भन्दा उच्च एन्टिअक्सिडेन्ट हुन्छन्।

    १ –ग्रीन टीले आखाँको ज्योती बढाउन मद्दत गर्छ।
    २– शरीरमा कोलस्ट्रोलको मात्रा घटाउँछ र मुटु सम्बन्धी रोगको सम्भावना कम गर्छ।
    ३– दाँत र गिजालाई स्वास्थ्य राखी इन्फेक्सन हुन दिदैन।
    ४– यसले दिमागको कार्यसंचालन राम्रो गराउने हुनाले दिमाग तेजिलो बनाउँछ।
    ५–ग्रीन टीले छाला र शरिरका अरु भागमा हुने क्यान्सरको सम्भावना कम गर्छ।
    ६ –बूढोपन कम गर्नुका साथै अल्जाइमर र पार्किन्सन जस्ता रोगको सम्भावना कम गर्छ।
    ७– यसले शरीरको तौल घटाउन सहयोग गर्दछ।
    ८– नियमित रुपमा ग्रीन टी पिउनाले जीवनको आयू पनि लम्बिने गर्छ।
    ९– उच्च रक्तचाप र मधुमेह घटाउन समेत ग्रीन टी निकै नै प्रवाभकारी मानिन्छ।
    १०– मानसिक तनाव कम गर्ने ग्रीन टीले एन्टी भाइरल र एन्टी ब्याक्टेरीयलको पनि काम गर्छ।