पर्वलक्षित अनुगमनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्दै स्वच्छ बजारका लागि अनुगमनलाई नियमित गरौँ : उपप्रमुख डंगोल - Chaitanya News
  • 2026-04-25
  • 19:01:50
  • शनिबार,बैशाख १२, २०८३
  • पर्वलक्षित अनुगमनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्दै स्वच्छ बजारका लागि अनुगमनलाई नियमित गरौँ : उपप्रमुख डंगोल

    पर्वलक्षित अनुगमनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्दै स्वच्छ बजारका लागि अनुगमनलाई नियमित गरौँ : उपप्रमुख डंगोल

    काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पर्वलक्षित अनुगमनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्दै स्वच्छ बजारका लागि अनुगमनलाई नियमित गरिने बताएकी छन्।

    ‘सामानको मूल्य, गुणस्तर र स्वच्छताप्रति उपभोक्ता र व्यवसायी आफैँमा पनि जागरुकता आएको छ। यो ठूलो उपलब्धी हो,’ उनले भनिन्। अनुचित व्यापारिक क्रियाकलाप रोक्नु र स्वच्छ बजारका लागि सचेतना वृद्धि गर्नु अनुगमनको मुख्य लक्ष्य भएको उनको भनाइ थियो।

    बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले औषधिजन्य बस्तुको मूल्य, उपभोग्य मिति, मिश्रण, विक्रेताको अनुमतिलगायतका विषयमा धेरै गुनासो रहेको उल्लेख गरे।

    ‘औषधि बेच्ने प्रमाण पत्र एउटाले लिने। प्रमाण पत्र लिएपछि ऊ प्रमुख कार्यकारी हुने त्यसपछि प्रमाण पत्र नभएका व्यक्ति राखेर औषधि बेच्ने गरेको गुनासो धेरै छ। मूल्य अत्याधिक चर्को छ। अनुगमनबाट यथार्थ चित्र लिएर आउनु पर्छ,’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने।

    बैठकमा खाद्य पदार्थ नियमन तथा पशुपंक्षी महाशाखाका प्रमुख एवं खाद्य निरीक्षक डा. अवधेश झाले पर्वलक्षित अनुगमन सम्बन्धी विवरण अद्यावधिक गराएका थिए।