पार्टीभित्र अनेक प्रकारको षडयन्त्र हुँदा पनि पार्टीलाई जनताले जोगाए : अध्यक्ष ओली - Chaitanya News
  • 2026-11-16
  • 08:08:26
  • सोमबार,मंसिर ०१, २०८३
  • पार्टीभित्र अनेक प्रकारको षडयन्त्र हुँदा पनि पार्टीलाई जनताले जोगाए : अध्यक्ष ओली

    पार्टीभित्र अनेक प्रकारको षडयन्त्र हुँदा पनि पार्टीलाई जनताले जोगाए : अध्यक्ष ओली

    काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीभित्र अनेक प्रकारको षडयन्त्र हुँदा पनि पार्टीलाई जनताले जोगाएको बताएका छन्।

    मध्य पहाडी लोक मार्ग पदयात्राको क्रममा डोटीमा आयोजित आम सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले पार्टी जोगाएको भन्दै कार्यकर्ताहरूलाई धन्यवाद दिएका थिए।

    ‘प्रचण्ड’ षडयन्त्र भए माकुने षडयन्त्र भए अरू षडयन्त्र भए ती सबै षडयन्त्रलाई परास्त गरेर पार्टी जोगाउनु भएको छ। पार्टी फेरि पहिलेकै ठाउँमै आएको छ। देशी विदेशी सारा शक्ति लागि पार्टीलाई सिद्ध्याउन लाग्दा पनि पार्टी सकिएन’, ओलीले भने, ‘तपाइ सबैलाई धन्यवाद।’

    पछिल्लो समय हिंसा भड्काउने काम भइरहेको ओलीको भनाइ थियो। देशलाई अगाडि बढाउने सङ्कल्पका साथ सङ्कल्प यात्रा सुरु गरिएको उनले बताए। ओलीले लम्पी स्किन रोगमा सरकारले ढिलासुस्ती गरेको आरोप लगाए। उनले सरकार धेरै समय टिक्न नसक्ने जनाए।

    ‘यो सरकार कति चल्छ र यो सरकार मक्किएको धोद्रा परेको सरकार हो। यस्तै अवस्था देशमा रहँदैन’, उनले भने ।