धनगढीमा मंसिर २२ देखि सुदूरपश्चिम महोत्सव सुरु - Chaitanya News
  • 2026-08-09
  • 08:03:14
  • आइतबार,साउन २४, २०८३
  • धनगढीमा मंसिर २२ देखि सुदूरपश्चिम महोत्सव सुरु

    धनगढीमा मंसिर २२ देखि सुदूरपश्चिम महोत्सव सुरु

    काठमाडौं– कैलाली उद्योग वाणिज्य सङ्घले आउँदो मङ्सिर २२ देखि पुस २ गतेसम्म सुदूरपश्चिम महोत्सव आयोजना गर्ने भएको छ। विगत १६ वर्षदेखि प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यवसाय तथा व्यापार प्रवर्द्धनका लागि गरिँदै आएको उक्त महोत्सवका लागि तयारी सुरु भएको सङ्घले जनाएको हो।

    सङ्घका अध्यक्ष पुष्पराज कुँवरले ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक सम्बृद्धि’ भन्ने मूल नाराका साथ हरेक वर्ष झैँ यो वर्ष पनि मङ्सिर २२ देखि पुस २ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको बताए।

    उनले महोत्सवलाई सुदूरपश्चिमको औद्योगिक, व्यापार, कृषि तथा पर्यटन मेलाका रूपमा मनाइने जानकारी दिए । कृषि उत्पादन, मह, जडीबुटी, हस्तकला, अल्लोका सामग्री, अलैँची, अदुवा, मसला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक, होटल, सूचना प्रविधिलगायत व्यापारिक, रमाइलो मेला तथा बाल उद्यानसहित तीन सयभन्दा बढी स्टल रहने अध्यक्ष कुँवरको भनाइ थियो।