निर्वाचन आयोगले गर्‍यो राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक - Chaitanya News
  • 2026-11-16
  • 08:08:21
  • सोमबार,मंसिर ०१, २०८३
  • निर्वाचन आयोगले गर्‍यो राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

    निर्वाचन आयोगले गर्‍यो राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

    काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माघ १३ गते निर्वाचन मिति घोषणा गरेपछि आयोगले कार्यतालिका सार्वजनिक गरेको हो।

    आयोगले बिहीबार स्वीकृत गरेको कार्यतालिका अनुसार मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन हुनेछ । त्यस्तै मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ता हुने कार्यक्रम रहेको छ।

    राजनीतिक दल दर्ता भएपछि पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनको लागि पठाइनेछ।

    कार्यतालिकाअनुसार पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ। पुस २० देखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ।

    माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।