आज नेप्से सामान्य अंकले बढ्यो - Chaitanya News
  • 2026-09-23
  • 05:18:38
  • मंगलबार,आश्विन ०६, २०८३
  • काठमाडौं– प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

    अघिल्लो कारोबार दिन सोमबार ६.४३ अंकले घटेर १९५८.९४ विन्दुमा पुगेको नेप्से आज प्री ओपन सेसनमा ०.२८ अंकले बढेर १९५९.२१ विन्दुमा पुग्यो।

    आज सोही सेसनमा ७ कम्पनीको सेयर कारोबार भयो। ७ कम्पनीको ९४ हजार ९४२ रुपैयाँ बराबरको ७० कित्ता सेयर खरिदबिक्री भयो। जसमध्ये ४ कम्पनीको मूल्य बढ्यो भने १ को घट्यो। बाँकी २ कम्पनीको सेयर मूल्य स्थिर रह्‍यो।