एमालेले बारम्बार संसद भत्काएको छ, एमालेलाई भोट माग्ने अधिकार छैन : केसी - Chaitanya News
  • 2026-04-22
  • 10:35:40
  • बुधबार,बैशाख ०९, २०८३
  • एमालेले बारम्बार संसद भत्काएको छ, एमालेलाई भोट माग्ने अधिकार छैन : केसी

    एमालेले बारम्बार संसद भत्काएको छ, एमालेलाई भोट माग्ने अधिकार छैन : केसी

    काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेलाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन्।

    बाग्लुङमा चुनावी सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेकपा एमालेले बारम्बार संसद भत्काएको र उसलाई भोट माग्ने अधिकार नभएको बताएका हुन् ।

    केसी बागलुङ १ बाट सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छन्।

    उनले ४ मंसिरको निर्वाचनमा प्रतिगमन ढल्ने र सत्ता गठबन्धनले जितेर संविधानको रक्षा गर्ने पनि बताएका छन्।