मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सुरुमा केही चुनौतीसँग जुध्नुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।
वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काम बिग्रने चिन्ताले पनि सताउन सक्छ। जिम्मेवारी बढ्नेछ र अरूका लागि समय खर्च हुनेछ। तापनि आध्यात्मिक ज्ञानले दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्।
मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले फाइदा दिलाउनेछ। पुराना कामको चर्चा हुनेछ र उपलब्धिको स्रोत पनि प्राप्त हुनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ।
कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुरुमा संघर्ष गर्नुपरे पनि सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। पछिको फाइदाका लागि अरूको सेवामा जुट्नुपर्ने हुन सक्छ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ।
सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आध्यात्मिक ज्ञानको प्रेरणाले मानसिक सुख प्राप्त हुनेछ। इतिहास एवं धर्म–संस्कृतिको जगेर्नामा रुचि जाग्नेछ। मंगलवारदेखि समयले साथ दिनेछ।
कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिष्ठित कामले समाजमा स्थापित गराउनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ। केही समय लागे पनि दिगो काम प्रारम्भ हुनेछ।
तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सुरुमा परिस्थिति अनुकूल नहुँदा काम बिग्रन सक्छ। जिम्मेवारी बढ्नेछन् तर अरूका लागि समय खर्च हुनेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।
वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिगो काम सुरु गर्ने मौका छ। आम्दानीका स्रोत थपिनाले लाभांश पनि बढ्नेछ। रोकिएको काम बन्नाले उपलब्धि प्राप्त हुनेछ।
धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
फजुल खर्च बढ्नेछ। अवसरका लागि केही दौडधुप समेत गर्नुपर्ला। घर–परिवारबाट टाढिनुपर्ने हुन सक्छ, तापनि टाढाको यात्रा गर्ने साइत जुर्न सक्छ।
मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आम्दानी बढ्नुका साथै दिगो काम प्रारम्भ हुनेछ। प्रशस्त दाम पनि हातलागी हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। मंगलवारदेखि भने खर्चको मात्रा बढ्नेछ।
कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समयमा रकम हातलागी नहुँदा काममा पनि समस्या पर्नेछ। एउटै कामलाई दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साथीभाइ समयमा नजुट्नाले दुःख पाइनेछ।
मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अवसर प्राप्त हुनाले मनमा आनन्द मिल्नेछ। पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनमा मन रमाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै आँटेको काम सम्पादन हुनेछ।