कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई फूलले स्वागत - Chaitanya News
  • 2026-11-19
  • 11:19:32
  • बिहिबार,मंसिर ०४, २०८३
  • कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई फूलले स्वागत

    कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई फूलले स्वागत

    काठमाडौँ– कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई फूलले स्वागत गरिएको छ।

    पटक–पटकको निर्देशनपछि पनि केही कर्मचारी कार्यालय समयमा उपस्थीत नभएपछि दाङको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले फुलले स्वागत गरेका हुन्।

    मेयर चौधरीका अनुसार आज २० जना कर्मचारीले फुल पाएका छन्। उनीहरू विभिन्न कारण देखाउँदै पन्छिन खोजेका थिए।

    पालिकामा कार्यरत कर्मचारीहरू समयमा कार्यालय नआउने गरेकोबारे सेवाग्राहीको गुनासो आएपछि छड्के अनुगमन गरिएको नगर प्रमुख चौधरीले बताए।

    ढिलो आएका कर्मचारीलाई मेयर चौधरीले फूलले स्वागत गर्दै समयको ख्याल गरेर कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन्।